चुच्चो मुख, हातजस्ता पखेटा। झट्ट हेर्दा माछा झैं देखिने स्तनधारी प्राणी डल्फिन। हो, त्यही डल्फिन घुम्दै फिर्दै हरेक वर्ष कैलाली पुग्छ। कर्णालीको सहायक नदी मोहना हुँदै पथरैया, काँडा, कान्द्रा नदीमा बच्चा जन्माउन तथा हुर्काउन हरेक वर्ष कैलाली पुग्छन्।
स्वच्छ जल, प्रशस्त आहारार धेरै दोभान भएकाले दोभानमा आहारा खोज्न धेरै मिहिनेत गर्नु नपर्ने भएकाले डल्फिन आफ्ना बच्चा जन्माउन तथा हुर्र्काउन कैलाली पुग्ने गर्छन्। ‘मोहना तथा सहायक नदीमा डल्फिनका लागि प्रशस्त आहारा छ,’ डल्फिन संरक्षणकर्मी भोजराज ढुंगानाले भने, ‘त्यही भएर पनि डल्फिन कैलालीमा पुग्ने गर्छन्।’
नदीमा पानीको सतह बढेपछि दुर्लभ जलप्राणी डल्फिन कैलालीमा आइपुगेको डल्फिन संरक्षणकर्मी ढुंगाना बताउँछन्। उनका अनुसार असार दोस्रो सातादेखि मोहना, पथरैया, काँडार कान्द्रा नदीमा २५ देखि ३० वटासम्म डल्फिन बच्चासहित भजनी, टीकापुर क्षेत्रमा देखापरेका छन्।
अहिले यो क्षेत्रमा माउ डल्फिनसँगै केही डल्फिनका बच्चा पनि देखिएको उनले बताए। उनले भने, ‘यहाँ अहिले पनि माउ डल्फिनसँगै डल्फिनका साना बच्चा पनि पौडी खेलिरहेको दृष्य देखिँदै आएको छ। कर्णाली नदीमा भारत तथा नेपालको क्षेत्रमा वर्षभरि नै बस्ने डल्फिन मोहना, पथरैया, कान्द्रा, काँडालगायतका सहायक नदीमा भने मनसुन अवधिमा असारदेखि असोज महिनासम्म बस्ने गर्छन्।
नदीमा पानीको सतह बढेसँगै बच्चा जन्माउन तथा हुर्काउन डल्फिन आउने गरेको डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्षसमेतरहेका ढुंगानाले बताए। वर्षातमा कर्णालीका सहायक नदीमारमाउने डल्फिन मनसुन बाहिरिएसँगै पानीको गहिराइ खोज्दै पुनः कर्णाली नदीमै फर्कने गर्छन्।
कैलालीको टीकापुर– ७, ढुंगाना टोलको बैदीमा कर्णाली नदीको सहायक नदीहरूमा दुर्लभ जलीय जीव डल्फिन देखिने गरेको डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुखरामविचारी ठाकुर बताउँछन्।
‘मोहना नदीमा वर्षाैंदेखि जलचर प्राणी डल्फिन हेर्नका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन,’ उनले भने, ‘डल्फिनसँगै अन्य जीवजन्तु तथा चराचुरुङ्गीको अध्ययन तथा अनुसन्धान लाई जोडेमा पर्यटकका लागि अझराम्रो हुनेछ।’
हरेक वर्ष वर्षायाममा यहाँ अमेरिका, भारत, चीन, थाइल्यान्ड, जापानलगायतका तेस्रो मुलुकका नागरिक डल्फिन अवलोकन तथा अध्ययनका लागि आउने गरेको ढुंगानाले बताए। सुदूरपश्चिम प्रदेश पर्यटन कार्यक्रम कार्यान्वयन इकाइले यस क्षेत्रमा विकासका लागि केही कार्यक्रम गर्ने जनाएको छ।
डल्फिन, घडियाल, मगरगोही अवलोकन गर्न आउने पर्यटकका लागि आवासीय घर, होमस्टे सञ्चालनका क्षेत्रमा काम गरिने इकाइका निम्ति प्रमुख डबल बोहराले बताए। उनले भने, ‘पर्यापर्यटनका क्षेत्रमा हामीले काम गरिरहेका छौं, यहाँ पनि हामी काम गर्न चाहन्छौं।’
यहाँ ग्याँगेटिक जातको डल्फिन पाइन्छ। यो जातको डल्फिन नेपालका साथै भारत, पाकिस्तानर बंगलादेशमा मात्रै पाइने गरेको छ। यो मासांहारी प्राणी हो। यसले मुख्य आहारका रूपमा माछा, घोँगीका साथै लेऊ खाने गर्छ।
प्रकाशित: २६ श्रावण २०८१ ११:२२ शनिबार