समाज

डेडिकेटेड र ट्रंक लाइनको विवरण हामीसँग छ, उद्योगीहरूले तिर्नुहुन्छ: कुलमान घिसिङ

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइनको सबै विवरण प्राधिकरणसँग रहेको बताएका छन्।

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा घिसिङले तीन वर्षे कार्यकाल पूरा गरेको अवसरमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सो कुरा बताएका हुन्। 

उनले भने, 'म २०७३ साल भदौमा आएको हुँ। यो लागु भएको २०७२ साल साउनदेखि हो। त्यसपछि प्राधिकरणले सम्पूर्ण डेडिकेटेड र ट्रंक लाइनको व्यवस्थित गरेर बिलिङ गरेका छौँ। आगामी दिनमा उद्योगी साथीहरूले तिर्नुहुन्छ भन्ने विश्वास लिएको छु।'

प्रकाशित: २५ श्रावण २०८१ १५:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App