समाज

बांगेसिमलमाबाट एक ट्रक अवैध चिनी बरामद

सुर्खेत प्रहरीले बरामद गरेको अ‍ैवध ल्याउँदै गरेको चिनी ।

वीरेन्द्रनगर नगरपालिका–१ बांगेसिमलमा प्रहरीले ठूलो परिणाममा चिनी बरामद गरेको छ। चेकजाँच गर्ने क्रममा कर्णाली राजमार्ग हुँदै लैजान लागेको चिनी प्रहरीले बरामद गरेको हो।

कर्णाली प्रदेश ००२–००१ ख ०२५४ नम्बरको एलपी ट्रकमा विल नभएको चिनी प्रहरीले बरामद गरेको हो। प्रतिबोरा ५० किलोग्राम भएको १ सय ५६ बोरा चिनी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख (एसपी) रुपेश खडकाले बताए।

एसपी खड्काका अनुसार बरामद गरेको चिनीको बजार मूल्य ७ लाख ८० हजार रहेको छ। बरामद चिनी, ट्रकसहित चालक राजकुमार थारुलाई प्रहरीले नियन्त्रणमा लिएको आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुरमा पठाइएको सुर्खेत प्रहरीले जनाएको छ।

प्रकाशित: १६ श्रावण २०८१ १३:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App