समाज

धार्चे पहिरोमा बेपत्ता भएकाहरूको खोजी आजपनि जारी

गोरखाको धार्चे गाउँपालिका–५ रेसेफाँटमा आइतवार बिहान पहिरोमा परी बेपत्ता भएका ५ जनाको खोजी कार्य आज पनि जारी छ।

आइतवार करिब तीन बजेतिर खोल्सी थुन्दा पोखरी बनेको र त्यही पोखरी फुटेर बग्ने क्रममा छहराबाट खसेको लेदोसहितको भेलले बगाउँदा एकैपरिवारका तीनजनासहित पाँचजना बेपत्ता भएका छन्।

प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार बेपत्ता भएका पाँचैजनाको खोजी कार्य आज बिहान ७ बजेबाट सुरु भएको बताए।

उनले आइतवार खोजी गर्ने क्रममा फेला पर्न नसकेका र अँध्यारोमा खोज्न कठिनाइ हुन थालेपछि आज बिहानैदेखि पुनः खोजी कार्य सुरु गरिएको बताए।

बेपत्ता हुनेमा स्थानीय ३७ वर्षिय जीतबहादुर गुरुङ, उनकी ३५ वर्षीया श्रीमती कान्छी गुरुङ, बुबा ६० वर्षका सुलालकान्छा गुरुङ, सोही वडास्थित सिङलाका ३३ वर्षिय रमेश गुरुङ र ठेगाना नखुलेका २४ वर्षिय रमेश परियार रहेका छन्।  

प्रकाशित: १४ श्रावण २०८१ ०९:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App