समाज

शव फेला

धुलिखेल – काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिका–१२ शंखुस्थित जंगलमा बिहीबार १ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक सुनिलजंग शाहका अनुसार आज बिहान वडा नं १२ स्थित पिप्लेतइजे भन्ने जंगलमा घाँस काट्न गएका महिलाले शव देखेपछि प्रहरीलाई खबर गरेको र सो ठाउँमा प्रहरीको टोली पुगेर शवलाई परीक्षणका लागि अस्पताल लगिएको छ।

“शवको प्रकृति हेर्दा करिब एक हप्ता जति अगाडिको जस्तो देखिन्छ” प्रहरी निरीक्षक शाहले भने, “अन्दाजी ६०–६५ वर्षको पुरुषको शवलाई बनेपास्थित शिर मेमोरियल अस्पतालमा राखिएको छ।” घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  (रासस)

प्रकाशित: १५ चैत्र २०७४ ०९:३३ बिहीबार

शव फेला