समाज

करेन्ट लागेर एक जनाको मृत्यु

मकवानपुरको बकैया गाउँपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बकैया (बेतिनीका २) वर्षीय रामराज बम्जन रहेका छन् । बकैया ४ माझीखोला स्थित नेपाल प्रेम चर्चको भवनमा वायरिङ गर्ने क्रममा उनलाई करेन्ट लागेको थियो ।

 एक्कासि करेन्ट लागेर घाइते भएका बम्जनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनको हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाको विषयमा आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रकाशित: ४ श्रावण २०८१ १९:१६ शुक्रबार

#One person died due to electrocution #District Police Office Makwanpur