समाज

काठमाडौंका नगर प्रहरीले पाएनन् बढेको तलब, तत्काल भुक्तानी नगरे आन्दोलनको तयारी

काठमाडौं महानगरले बढेको तलब नदिएको भन्दै ११७ जना नगर प्रहरीले आन्दोलनको तयारी गरेका छन्।

युनिक सेक्युरिटीबाट काठमाडौं महानगरमा नगर प्रहरीको काम गर्दै आएका उनीहरु महानगरले बढेको तलब नदिएको र विभिन्न शीर्षकको भत्तासमेत उपलब्ध नगराएको भन्दै आन्दोलन गर्ने तयारीमा पुगेका हुन्।

महानगर प्रहरी सुनिल केसीले भने, हामीले युनिक सेक्युरिटीबाट काठमाडौं महानगरमा नगर प्रहरीको काम गर्दै आएको दुई वर्ष भयो। गत वर्षदेखि हाम्रो तलब बढेको थियो। तर बढेको तलब पाएका छैनौं। लुगाको पैसा पनि एक वर्षको बाँकी छ। त्यस्तै भत्ताहरु पनि बाँकी छ।

महानगरले दिनुपर्ने तलब र भत्ता तत्काल उपलब्ध नगराए काम नै ठप्प पारे आन्दोलन गर्ने केसीको भनाइ छ।

महानगरले पाँच वर्षको लागि नियुक्ति गरेको भएपनि समय नपुग्दै निकालेको उनीहरुको आरोप छ। 

प्रकाशित: २ श्रावण २०८१ १४:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App