समाज

कस्तो छ तपाईंको आजको राशिफल?

मेष राशिः यात्रा गर्नु राम्रो होला। राजनीतिमा सामान्य मतान्तर हुन सक्ने हुँदा, टाढै रहनु होला। व्यापारको काम गर्दा विचार पुर्‍याएर गर्नु होला। पढाइमा सफलता मिल्ने छ। रोजगारीको क्षेत्रमा दिन राम्रो छ।

वृष राशिः स्वदेश भ्रमणको योग छ। कार्यगर्दा होसपूर्वक गर्नुहोला। अध्ययनको कार्यमा प्रवेश गर्नु राम्रो होला। व्यापारको क्षेत्रमा आर्थिक लगानी गर्नु ठीक छ। परिवारमा धन आर्जन कम हुने देखिन्छ।

मिथुन राशिः रोजगारीको अवसर मिल्ने समय छ। आफ्नो काममा प्रभुत्व जमाउन सफल भइने छ। सामाजिक पद प्रतिष्ठा, सम्मान मिल्ने छ। हल्का कर्ण रोग देखा पर्न सक्नेछ। वाणी सफल हुने योग छ।

कर्कट राशिः ज्ञान क्षेत्रमा रुचि बढ्ने छ। आँखामा सामान्य रोग देखा पर्नेछ। सामाजिक पद प्रतिष्ठा, सम्मान मिल्नेछ। दाजुभाइबीच प्रेम सद्भाव रहनेछ। मधुर भोजन र पारिवारिक संयोगले मन प्रसन्न रहनेछ।

सिंह राशिः बिलासी खानपानमा रुचि नगर्नु वेस हुन्छ। भूमि सम्बन्धी काममा फल प्राप्तिको योग छ। अध्ययनको क्षेत्रमा दिन राम्रो रहेको छ। आर्थिक लाभ हुने दिन छ। सामाजिक कार्यमा सम्मान मिल्ने छ।

कन्या राशिः छालामा सामान्य समस्या देखा पर्न सक्छ। आफ्नो कार्य क्षेत्रमा प्रभुत्व बढाउन सफल भइनेछ। अध्ययनमा सफलता मिल्ने योग छ। सामाजिक कार्यमा सफलता मिल्नेछ। धन प्राप्तीको समय छ।

तुला राशिः नयाँ कार्यसिद्धिमा सामान्य बाधा छ। वैदेशिक कार्यमा प्रयास गर्दा सफलता प्राप्त हुने देखिन्छ। जीवन साथीसँग बिचारमा मतान्तर हुनेछ। व्यापार व्यवसाय गर्नेलाई दिन राम्रो छ।

वृश्चिक राशिः कार्यमा अर्थ बाधा हुने दिन छ। परिवारमा सामान्य उदररोग देखा पर्न सक्नेछ। व्यापार व्यवसायमा लाभ देखिन्छ। पठन पाठनमा रुची बढ्ने छ। आफन्तको सहयोग लिएर कार्य गर्नु होला।

धनु राशिः वैदेशिक यात्राको समय देखिन्छ। साथीभाइसँग रमाईलो भेटघाट हुनेछ। पराक्रमका साथ कार्य हुनेछ। व्यापार व्यवसायमा फल प्राप्तिमा बाधा हुने योग छ। पढाईमा कार्यसिद्धि योग छ।

मकर राशिः स्वास्थ्यमा बिकार आउने देखिन्छ। उन्नती प्रगतिमा बाधा हुने दिनछ। विद्यार्थीका लागि पढाई मध्यम रहेको छ। व्यापारमा केही बाधा छ। व्यापारमा कम फल प्राप्त हुने छ।

कुम्भ राशि: प्रेमिहरुका लागि राम्रो हुने दिन छ। अध्यनार्थीलाई ज्ञान आर्जनमा रुचि बढ्ने छ। हल्का उदर रोग देखिन सक्छ। दाम्पत्य जीवनमा उत्साहित हुने दिन छ। धार्मिक विचार बढ्ने देखिन्छ।

मिन राशि: पढाईको क्षेत्रमा थोरै बाधा देखिन्छ। धन प्राप्तीको योग छ। सामान्य नेत्र रोग देखिन सक्छ। व्यक्तिहरुले सामान्य अर्थ व्यय गर्न सक्ने छन्। बिलासी कार्य र यात्रामा विचार पुर्‍याउनु होला।

प्रकाशित: ९ जेष्ठ २०८१ ०६:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App