समाज

कस्तो छ तपाईंको आजको राशिफल?

मेष राशिः नविन कार्यमा हात नहाल्नु राम्रो होला। धार्मिक कार्य गर्नु शुभ छ। पढाइमा रुची बढ्ने छ। वैदेशिक यात्राको योग देखिन्छ। परिवारमा हल्का व्यय हुने समय देखिन्छ। व्यापार व्यवसाय गर्नेलाई खर्च हुने दिन छ।

वृष राशिः व्यापार व्यवसायमा अर्थ प्राप्तिको समय छ। परिवारमा माया, प्रेम सद्भाव रहने छ। वैदेशिक यात्रामा भाग्य राम्रो छ। विद्यार्थीका लागि पढाईमा राम्रो हुने देखिन्छ। धार्मिक कार्यमा रुचि बढ्ने छ।

मिथुन राशिः अध्ययन, अध्यापनमा सफलता मिल्ने छ। चर्मरोगले भने केही सताउला। काम गर्दा विचार पुर्‍याउनु पर्नेछ। समाजिक सम्मान मिल्नेछ। मध्यम उन्नती हुने दिन देखिन्छ। यात्रामा शुभ फल प्राप्त हुने योग छ।

कर्कट राशिः साथीभाइसँग वैचारिक मिलाप हुन सक्छ। आर्थिक लेनदेनमा प्रवेश नर्गनु उत्तम होला। स्वास्थ्यमा सामान्य बिकार आउने देखिन्छ। तर पढाइमा राम्रो छ। प्रयास गर्दा अवसर प्राप्त हुने देखिन्छ।

सिंह राशिः यात्रा गर्दा पहिलो प्रहर उत्तम रहेको छ। आफ्नो क्षेत्रमा प्रभुत्व बढाउन सफल भइने छ। नयाँ कार्यमा केही बाधा देखिए पनि व्यापार व्यवसायमा आंशिक फल प्राप्तिको योग छ। दाजुभाइबीच प्रेम सद्भाव रहनेछ।

कन्या राशिः व्यापार व्यवसायमा शुभ नै देखिन्छ। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। कममा हिड्दा मतभिन्नता हुन सक्ने हुँदा, जोगिनु होला। साथीहरुबाट हल्का खर्चहुने योग देखिन्छ। स्वदेश यात्राको योग रहेको छ।

तुला राशिः सामाजिक कार्यमा सम्मान मिल्ने छ। जग्गा सम्वन्धी काममा व्यय योग छ। आफन्तबाट धन खर्च हुनेछ। पराक्रमले केही कार्यसिद्धि देखिन्छ। अध्यनार्थीकालागि पढाइमा रुचि बढ्ने छ।

वृश्चिक राशिः नयाँ जिम्मेवारी प्राप्त हुने योग छ। व्यवसायको लगानीबाट प्रतिफल मिल्न भने केहि बाधा देखिन्छ। परिचित व्यक्तिहरुले शुभफल दिने छन्। स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ। पढाइको क्षेत्रमा दिन राम्रो रहेको छ।

धनु राशिः अध्ययनको क्षेत्रमा राम्रो फल प्राप्त होला। आफ्नै प्रयासमा नयाँ कामको सुरुवात गर्नुहोला। व्यवसायमा हल्का बाधा हुने दिन छ। नयाँ व्यक्तिबाट खर्च हुने देखिन्छ। बिलासी क्षेत्रमा प्रवेश नगर्नु नै वेस हुन्छ।

मकर राशिः अध्ययन, लेखनमा दिन राम्रो छ। धार्मिक कार्यमा रुचि बढ्ने देखिन्छ। पारिवारिक भेटघाटले मन प्रसन्न हुने देखिन्छ। विदेश यात्राको योग पनि देखिन्छ। उद्योगको क्षेत्रमा आर्थिक लगानी गर्न अघि नसर्नु उत्तम होला।

कुम्भ राशिः वाणी प्रवाभ वढ्ने छ। स्वास्थ्यमा सामान्य बाधादेखा पर्नेछ। अध्ययनमा रुची बढ्ने छ। उद्योगको आर्थिक लगानीमा व्यवधान देखिन सक्छ। यात्रा गर्दा विचार गर्नु होला। आर्थिक फल बाधा हुने दिन रहेको छ।

मीन राशिः व्यापारबाट राम्रो फल प्राप्त हुनेछ। पराक्रमबाट कार्यसिद्धि हुने योग छ। पारिवारिक सदस्यबीच मिष्ठान्न भोजन र मधुर वार्तालापले मन प्रशन्न हुने छ। अध्यापन, लेखनमा सफलता मिल्ने योग छ।

प्रकाशित: ४ जेष्ठ २०८१ ०६:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App