समाज

तपाईंको आजको राशिफल

मेष राशिः सामाजिक कार्यबाट सम्मान मिल्ने छ। ज्ञान क्षेत्रमा रुचि बढ्ने छ। मधुर भोजन र पारिवारिक मिलनले मन प्रसन्न हुनेछ। शत्रु र रोगबाट सचेत रहनु होला। मित्रहरुबीच प्रेम सद्भाव रहनेछ।

वृष राशिः मान प्राप्त हुने दिन छ। आफ्नो कार्य क्षेत्रमा प्रभुत्व जमाउन सफल भइने छ। सामान्य उदर रोग देखिन सक्छ। निर्माण सम्वन्धी व्यवसायमा लगानीबाट सफलता मिल्नेछ। उचित लाभ प्राप्त हुने छ।

मिथुन राशिः व्यापारको क्षेत्रमा आर्थिक लगानि गर्नु शुभ छ। स्वदेश यात्राको योग रहेको छ। अध्ययनको कार्यमा प्रवेश गर्नु राम्रो होला। अर्थ आर्जनमा हल्का बाधा हुने योग देखिन्छ। कार्यगर्दा बिचार पूर्वक गर्नुहोला।

कर्कट राशिः सरकारी काम प्राप्त हुने योग छ। फलाम सम्वन्धी व्यवसायमा मध्यम फल प्राप्ती हुनेछ। अध्यनार्थीलाई राम्रो दिन छ। जलउद्योगमा लगानी सामान्य राम्रो हुन्छ।

सिंह राशिः विद्यार्थीका लागि पढाई राम्रो हुने दिन छ। व्यापारमा घाटा हुने समय देखिन्छ। केहि व्यक्तिहरुले सामान्य मतभिन्नता सृजना गर्न सक्ने छन्। स्वास्थ्यमा केहि बिकार आउने देखिन्छ।

कन्या राशिः बिलासी कार्यमा रुचि नलिनु राम्रो छ। नविन कार्य सिद्धिमा सामान्य शुभ छ। वैदेशिक कार्यमा प्रयास गर्दा सफलता प्राप्त हुने देखिन्छ। व्यापार गर्नेहरुलाई दिन मध्यम छ। धार्मिक कार्यमा रुचि बढ्ने देखिन्छ।

तुला राशिः धन प्राप्तिमा सफलता मिल्नेछ। आफ्नो काममा प्रभुत्व जमाउन सफल भइने छ। बोली सफल हुने समय छ। सामाजिक पद प्रतिष्ठा, सम्मान मिल्नेछ। रोजगारीको अवसर मिल्ने समय छ।

वृश्चिक राशिः आर्थिक लाभ हुने दिन छ। बिलासी खानपानमा रुचि नगर्नु उत्तम हुन्छ। भूमि सम्वन्धी काममा फल प्राप्तिको योग छ। अध्ययनकोे क्षेत्रमा दिन राम्रो रहेको छ। वैदेशिक यात्राको समय देखिन्छ।

धनु राशिः पराक्रमबाट कार्यसिद्धि हुनेछ। व्यापार व्यवसायमा धन खर्च हुने योग छ। गृह निर्माणको समय छ। साथीभाइसँग रमाईलो भेटघाट हुनेछ। अध्ययनमा सफलता मिल्ने छ। पढाईमा कार्यसिद्धिको समय छ।

मकर राशिः सहयोग लिएर काम नगरी आफै कार्य गर्नु होला। पठन पाठनमा रुची बढ्ने छ। परिवारको अग्रजबाट केहि अर्थ लाभ हुन सक्ने छ। व्यापार व्यवसाय तथा नयाँ कार्यमा बिस्तार हुने दिन छ।

कुम्भ राशि: यात्रा गर्नु राम्रो होला। व्यापारको काम गर्दा विचार पुर्‍याएर गर्नु होला। कार्यमा सामान्य बाधा हुन सक्ने हुँदा, सचेत हुनु होला। अध्ययनमा शुभ छ। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ।

मीन राशि: सामान्य शिर रोग देखिन सक्छ। बिलासी कार्यमा प्रवेश गर्नुपूर्व बिचार पुर्याउनु होला। स्वजनबाट मध्यम लाभको योग छ। पढाईको क्षेत्रमा शुभ छ। व्यवसायमा कम फल प्राप्तिको समय छ।

प्रकाशित: २ जेष्ठ २०८१ ०६:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App