समाज

तपाईंको आजको राशिफल

मेष राशिः वाणी सफल हुने समय छ। सामान्य चर्म रोग देखा पर्न सक्छ। आफ्नो काममा प्रभुत्व जमाउन सफल भइनेछ। व्यापार व्यवसायमा मध्यम फल प्राप्त हुने योग छ। अध्ययनमा सफलता मिल्ने छ।

वृष राशिः स्वजनबाट नयाँसामग्री प्राप्त हुने आउने योग छ। व्यापार व्यवसायमा धन प्राप्तिको समय छ। सामान्य उदर रोग देखिन सक्छ। पढाईको क्षेत्रमा थोरै बाधा आउने छ। टेक्निकल उद्योगमा लगानि गर्दा शुभ हुन्छ।

मिथुन राशिः राजनीतिमा सफलता मिल्नेछ। धार्मिक कार्यमा रुचि बढ्ने देखिन्छ। व्यवसायमा सोचअनुसारको लाभ नमिल्न सक्छ। अध्यापनमा सफलता मिल्ने छ। बिलासी कार्यमा प्रवेश नगर्नु होला।

कर्कट राशिः पढाईमा कार्यसिद्धिको योग छ। नयाँ काम र व्यापार व्यवसायमा भने शुभ देखिन्छ। जे काम गरेपनि आफ्नै प्रयासमा गर्नुहोला। सामाजिक पद, सम्मान मिल्ने छ।

सिंह राशिः विद्यार्थीका लागि पढाई राम्रो हुने दिन छ। स्वास्थ्यमा बिकार आउने देखिन्छ। उन्नती प्रगति हुने देखिन्छ। नचिनेका व्यक्तिले कार्यमा अवरोध पुर्याउन सक्नेछन्। व्यापारमा फल प्राप्त हुनेछ।

कन्या राश: राजनीतिमा सफलता मिल्नेछ। व्यापारको कार्य गर्दा विचार पुर्‍याएर गर्नु होला। गरिष्ठ खानपानमा रुचि नगर्नु वेस हुन्छ। भूमि सम्वन्धी काममा फल प्राप्तिको समय छ। अध्ययनमा दिन राम्रो छ।

तुला राशिः सामाजिक कार्यमा सम्मान मिल्ने छ। सामान्य मतभिन्नता हुन सक्ने हुँदा, त्यसबाट जोगिनु होला। अध्ययनमा सफलता मिल्ने छ। वित्तीय क्षेत्रमा कम सफलता मिल्नेछ। यात्रा हुने दिन छ।

वृश्चिक राशिः अग्रजलाई सामान्य रोग देखा पर्न सक्नेछ। स्वदेशभित्रै यात्रा गर्ने अवसर मिल्नेछ। तर कार्यगर्दा बिचार भने पुर्याउनुहोला। अध्ययनमा राम्रो समय रहेको छ। व्यापारको क्षेत्रमा आर्थिक लगानि गर्नु शुभ छ।

धनु राशिः परिवारमा लगानी हुने दिन देखिन्छ। बिलासी कार्यमा रुचि नगर्नु उत्तम देखिन्छ। नयाँ कार्यसिद्धिमा सामान्य बाधा छ। वैदेशिक कार्यमा प्रयास गर्दा सफलता प्राप्त हुने देखिन्छ। आर्थिक लाभमा बाधा हुने छैन।

मकर राशिः माया मारेको धन प्राप्ती हुनुले मन प्रफुल्ल हुनेछ। धार्मिक कार्य गर्नु शुभ छ। नयाँ पद प्राप्त हुने समय छ। पारिवारिक सदस्यहरुबीच शुभ सम्वन्ध देखिन्छ। अध्यनमा मन जानेछ। उन्नति हुने दिन छ।

कुम्भ राशि: घर परिवारमा प्रेम सद्भाव रहने छ। व्यापार ब्यवसाय गर्नेहरुलाई राम्रो छ। वैदेशिक यात्रा हुने दिन छ। सामान्य उदर रोग देखिन सक्छ। कला र साहित्य क्षेत्रमा रुचि बढ्ने छ।

मीन राशि: साथीसँग रमाईलो भेटघाट हुनेछ। उद्योगबाट कार्य सिद्धि हुनेछ। व्यापारमा यात्राको योग छ। सामान्य उदर रोग देखिन सक्छ। व्यवसायमा मतान्तरबाट जोगिनु होला। मध्यम फल प्राप्तिको योग छ।

प्रकाशित: १ जेष्ठ २०८१ ०६:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App