समाज

मेची राजमार्गको भिरबाट भ्यान खस्दा एकजनाको मृत्यु

इलामको रोङ गाउँपालिका-४ बाघखोरस्थित मेची राजमार्गमा आज बिहान भ्यान दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

झापाबाट इलामतर्फ आइरहेको मे १ ज ३२६३ नम्बरको मारुती भ्यान दुर्घटना हुँदा अन्दाजी २४/२५ को मृत पुरुषको नामथर नखुलेको डिएसपी प्रकाश जबेगूले जानकारी दिए।

‘घटनास्थलमा थप खोजतलास तथा बुझ्ने  कार्य भइरहेको छ,’ उनले भने, ‘थप अनुसन्धान तथा कानुनी प्रकृयाका लागि पशुपतिनगरबाट इन्स्पेक्टर नेतृत्वमा सात जनाको टोली घटनास्थल गएको छ।’ भ्यानका चालक  र गाडीमा कति जना सवार थिए भन्नेबारे बुझ्ने कार्य भइरहेको उनले जानकारी दिए। 

प्रकाशित: १९ वैशाख २०८१ ०७:३६ बुधबार

इलाम रोङ गाउँपालिका भ्यान दुर्घटना एकजनाको मृत्यु