समाज

इलाम क्षेत्र-२ को मतदान शान्तिपूर्ण रूपमा सम्पन्न

इलाम क्षेत्र-२ को आज (शनिबार) भएको उपनिर्वाचनमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ।

जिल्ला प्रशासन कार्यालयका अनुसार सबै (७९ वटै) मतदानस्थलका एक सय ४९ वटै मतदान केन्द्रमा मतदान शान्तिपूर्ण भएको हो।

साँझ ५ बजेसम्ममा मतदान केन्द्र प्रवेश गरिसक्ने मतदाताले मतदान गर्न पाउनेछन्। ‘साढे ३ बजेसम्ममा ५५ प्रतिशत मत खसेकाले जम्मा खसेको मत त्योभन्दा बढी आउनेछ,’ सिडिओ इन्द्रदेव यादवले भने, ‘तर, सबैतिरको फाइनल जोड्न बाँकी छ।’

मतदान सकिएपछि मतपेटिका सदरमुकाम ल्याएर सम्भवतः आजै साँझ मतगणना सुरु हुनेछ। मतपेटिका राति १० बजेसम्ममा सदरमुकाम आइपुग्ने अनुमान गरिएको छ।

प्रकाशित: १५ वैशाख २०८१ १७:४४ शनिबार