समाज

देशभरको मौसम बदली रहने, यी स्थानमा चट्याङ्गसहित वर्षा

आज देशभर आंशिकदेखि साधारणतया बदली रहने भएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा साथै बांकी पहाडी भू–भागका एक–दुई स्थानमा  मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा र बांकी उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

महाशाखाले आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने भन्दै गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा साथै बांकी पहाडी भू–भागका एक–दुई स्थानमा  मेघगर्जन÷चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

यस्तो छ आगामी २ दिनको मौसम सम्बन्धी जानकारीः

२०८० चैत २४ गते (शनिवार)

दिउँसोः कर्णाली प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहि बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ। गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागको केही स्थानहरु र बांकी पहाडी भु–भागको थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातिः देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहि बाँकी भू–भागमा आंशिक बदली देखि मुख्यतया सफा रहने छ। गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

२०८० चैत २५ गते (आईतवार)

दिउँसोः देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहि बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागको केही स्थानहरु र बांकी पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातिः देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहि बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ। कोशी, गण्डकी  र कर्णाली प्रदेशका पहाडी भू–भागका  थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रकाशित: २३ चैत्र २०८० ०६:३० शुक्रबार

आंशिकदेखि साधारणतया बदली जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा उच्च पहाडी भू–भाग मेघगर्जन चट्याङ्गसहित हल्का वर्षा