समाज

मेयर हमालको छोरी सम्पर्कमा आइन

भारतको गोवाबाट सोमवार देखि सम्पर्क विहीन भएकी धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालकी छोरी सम्पर्कमा आएकी छन्।

उनी भारतको गोवामा एक विदेशी किशोरीसँग रहेको र सम्पर्कमा आएको परिवार श्रोतले बताएको छ। आरती सङ्ग फोनमा सम्पर्क भईसकेको बताइएको छ। उनी भारतको गोवामा छिन्।

आरती सम्पर्क बिहिन भएपछि मेयर हमालको कान्छी छोरी आरजु र ज्वाइँ गोवा पुगेका थिए। बहिनी आरजु उनका श्रीमान् रीतेज भट्ट सँग आरतीको फोनमा कुरा भैसकेको बताइएको छ।

नगर प्रमुख हमालकी जेठी छोरी आरती सोमवारदेखि सम्पर्क विहीन भएकी थिइन। उनी ओशो साधक हुन। ओशो ध्यान गर्न उनी केही महिनादेखि गोवामा बस्दै आएकी थिइन्।

प्रकाशित: १४ चैत्र २०८० १०:४४ बुधबार

नगर प्रमुख गोपाल हमालकी छोरी आरती हमाल उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाल