समाज

स्रोत नखुलेको १० लाख नगदसहित एकजना पक्राउ

सिरहा प्रहरीले पूर्व पश्चिम लोकमार्गमा सवारी साधन चेकजाँचको क्रममा लहानबाट स्रोत नखुलेको रकमसहित एकजनालाई पक्राउ गरेको छ।

सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका ६ सीतापुर बस्ने ३० वर्षीय मुकेश कुमार साहलाई १० लाख १ हजार ६ सय तीस रुपैयाँसहित पक्राउ गरिएको सिरहा प्रहरीका प्रवक्ता डिएसपी रविन्द्रराज पाण्डेले जानकारी दिए।

पाण्डेका अनुसार प्र ०१२–०१–००२ प ३९६९ नम्बको मोटरसाईकल चढेर पूर्वबाट आइरहेका साहलाई बिहीवार दिउँसो लहान नगरपालिका–१ बाट स्रोत नखुलेको रकमसहित पक्राउ गरिएको हो।

बरामद भएकोे रकमको स्रोत खुलाउन नसकेपछि साहलाई तत्काल पक्राउ गरी इलाका प्रहरी कार्यालय लहानबाट आवश्यक अनुसन्धानका लागि सुनसरीको इटहरीस्थित राजस्व अनुसन्धान कार्यालय पठाइएको छ।

प्रकाशित: ९ चैत्र २०८० १०:३८ शुक्रबार

सिरहा प्रहरी पूर्व पश्चिम लोकमार्ग सवारी साधन चेकजाँच लहान स्रोत नखुलेको रकम एकजनालाई पक्राउ