समाज

काहुको जङ्गलमा लागेको आगलागि नियन्त्रणमा

पोखरा महानगर–११ काहुको जङ्गलमा लागेको भिषण आगलागि गयराति अबेर नियन्त्रणमा आएको छ।

कास्की प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक तिलक मानन्धरले राति १ बजेतिर आगो नियन्त्रणमा आएको बताए।

बस्तीमा आगो फैलिन नपाओस भनेर अहिले पनि प्रहरी काहुमै रहेको उनले बताए। बस्ती जोगिए पनि वनमा भने अझै आगो लागि नै रहेको उनले बताए।

उनले भने, ‘अहिले पनि दमकल र प्रहरी काहु छेत्रमै छ। आगलागीले मानविय क्षति भने नगरेको तर वन छेत्रमा ठूलो क्षति भएको छ।’

प्रकाशित: ६ चैत्र २०८० ०७:५३ मंगलबार

पोखरा महानगर जङ्गल जङ्गलमा लागेको भिषण आगलागि गयराति अबेर नियन्त्रण प्रहरी निरीक्षक तिलक मानन्धर तिलक मानन्धर