समाज

नर्सिङ पेसा छाडेर सैलुन व्यवसाय

काठमाडौं- नर्सिङ पेसामा १० बर्ष बिताएकी निरु कुवँरले आफ्नै लगानीमा शैलुन व्यवसाय थालेकी छन्। १० लाखको लगानीमा ललितपुरको नख्खुमा ‘व्युटी क्लव इनोरोभेटिभ’ नाम दिएर सोमबारदेखि कुवँरले सैलुन व्यवसाय थालेकी हुन्। यसअघि नर्सिङ पेसामा रहँदा उनले राजधानीमा नाम चलेका डाक्टर भोला रिजालसहित अन्य डाक्टरहरुसँगै काम गरिन्। तर, नर्सिङ पेसामा जमिरहन मन नलागेपछि शैलुन व्यवसायमा आएको उनले बताइन् । ‘सानै भएपनि नयाँ कामको थालनी गर्नुपर्छ भन्ने सोच पलायो,’ उनले भनिन, ‘त्यसैले यस्तो व्यवसाय खोलेकी हुँ ।’ पोखरामा जन्मिएकी निरुले यसअघि सैलुनका धेरै तालिमहरु पनि लिएकी पनि छिन् । ‘मलाई नर्सिङ पेसा नराम्रो लागेर शैलुन व्यवसायमा आएकी होइन,’ उनले सुनाइन्, ‘सानैदेखि नै कुनै फरक खालको व्यवसाय खोलौं भन्ने सोच त्यो, आज बल्ल पूरा गर्ने अवसर पाएँ।’

उनले शैलुन व्यवसायको लागि ३ वर्ष पहिले बैकंकमा हेयर कटिङ ड्रेनिङ लिन गएकी थिइन् । तालिम लिएपछि नर्सिङ पेसामा रहँदा पनि उनले फाट्ट फुट्ट पुरुषको कपाल काट्न सुरु गरेकी थिइन् । अहिले आफ्नै लगानीमा उक्त व्यवसायलाई चौपचारिकता दिएकी छन् । ‘नेपालमा महिलाले पनि पुरुषले जत्तिकै काम गर्न सक्छन् भन्ने कुराको प्रवाह गर्नु पनि मेरो उद्देश्य हो,’ उनले सुनाइन्, ‘मैले १८ बर्षअघिदेखि नै पुरुषको कपाल काट्न सुरु गरेकी थिएँ।’ उनले काठमाडौंको विएन्डी र ओमहस्पिटलमा गरी १० वर्ष नर्सिङ पेसामा बिताएकी थिइन् । उनको सोच नेपालमा युवा जनशक्तिलाई रोजगार दिनु पनि हो । ‘कपाल त सबैले काट्छन् तर, यसबाट के–के रोगहरु आउँछन् कसैलाई थाहा छैन,’ उनले थपिन्, ‘भारतीय कामदाहरुले नेपालीको कपाल काटेर करोडौं कमाउँछन्, तर हामीले लाज मान्छौं।’

 उनको सोच शैलुन व्यवसाय गर्नुमात्रै नभएर युवाहरुलाई तालिम दिएर सक्षम बनाउनेु पनि हो। ‘मैले स्वास्थ्य क्षेत्रलाई पनि बुझेकी छु,’ कुवँरले भनिन्, ‘त्यसैले पनि अन्य शैलुन व्यवसायीले भन्दा राम्रो काम गर्न सक्छु भन्ने लाग्छ ।’ केटाको कपाल, दाह्री काट्ने र ट्रेनिङ लिँदै आएकी कुवंर नेपालकै पुरुषको कपाल काट्ने महिलाको रुपमा आफूलाई दावी समेत गर्छिन्।

प्रकाशित: २१ फाल्गुन २०७४ १३:१९ सोमबार

नर्सिङ पेसा छाडेर सैलुन व्यवसाय