समाज

बसको ठक्करबाट दुई प्रहरीको मृत्यु

पोखरा – पोखरामा बसको ठक्करबाट दुई प्रहरीको मृत्यु भएको छ।

पोखराको विजयपुरमा बा ४ ख ५७५८ नम्बरको बसले ग ११ प ३६४५ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकलामा सवार प्रहरीद्वय सुशिल बानियाँ र प्रदिपकुमार यादवको मृत्यु भएको हो। 

प्रहरीका अनुसार बागलुङबाट काठमाडौँ जाँदै गरेको बसले गएराति साढे ९ बजे उनीहरूलाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते उनीहरूलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो। 

उनीहरूलाई अस्पतालले राती नै मृत घोषणा गरेको थियो । 

प्रकाशित: २१ फाल्गुन २०७४ ०३:५२ सोमबार

बसको ठक्करबाट दुई प्रहरीको मृत्यु