समाज

तीन लाख दिएर मुद्दा गुपचुप राख्ने प्रयास

मुगु – मुगुको सोरु गाउँपालिकामा एक जना महिलालाई बलात्कार गरि तीन लाखमा घटनालाई गुपचुप राख्न खोजिएपछि पिडित महिला न्याय खोज्दै सदरमुकाम पुगेकी छन्।

२०७४ माघ १५ गते राती ८ बजे सोरु गाउँपालिका वडा नम्बर २ नहचारा गाउँकी २० वर्षीया मुगु ६० सि ( नाम परिवर्तित ) लाई माईतीघरमा रहेको बेला सुत्ने क्रममा सोही गाउँका २८ वर्षका हिक्मत शाहीले कोठामा पसेर जर्बजस्ती करणी गरेको पिडितले बताएकी छन्। पिडक शाहीले जबरजस्ती गर्न थालेपछि आफू कराएको र कराएको सुनेर छिमेकी नरजंग मल्लले उद्धार गरेको उनले बताइन्।

माघ १६ गते विहान जर्वजस्ती करणी गर्ने शाहीका विरुद्ध जाहेरी दिन सोरुकोट प्रहरी चौकिमा जान खोज्दा सोही गाउँका नरसुर शाही, नरविर छत्याल,भक्त शाही, कृष्ण मल्ल, पुर्ण बहादुर मल्ल र जिमा गाउँका पुर्णप्रसाद भट्टले बिच बाटोमा नै रोकेका र मुद्दा मामिला गरे दुबै जनालाई लाज हुने भन्दै फर्काएका थिए।

मुद्दा हाल्ने तयारी गर्दा बिच बाटोबाट फकाउनेहरुले मुद्दा गुपचुप मिलाउने भन्दै तीन लाख रकम लिएको समेत पिडितले बताइन। मुद्दा मिलाउने भनेर बीचमा लागेकाहरुले रकम खाएको तथा पिडक शाही र उसका परिवारले समेत तीन लाख दिएर बलात्कारको घटना चपुचाप मिलायौ भन्दा गाउँघरमा हल्ला गरे पछि झन पिडा बोध भएको र न्याय खोज्न सदरमुकाम पुगेको पिडितले जानकारी दिईन।

उनले पिडक शाही र मुद्दा मिलाई दिने भन्दै बीचमा लाग्ने विरुद्ध जर्बजस्ती करणीको मुद्दा जिल्ला प्रहरी कार्यालयमा दिएकी छन्। फागुन १५ गते दिएको मुद्दा प्रहरीले दर्ता गरिसकेको र त्यसमा संलग्न भनिएकाहरुको खोजि गरि पक्राउ गर्न सोरुकोट प्रहरी चौकि तथा मातहतका निकायलाई निर्देशन दिई सकिएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक भिमकिरण बोगटीले जानकारी दिए।

प्रकाशित: १६ फाल्गुन २०७४ ०८:५६ बुधबार

दिएर मुद्दा गुपचुप राख्ने प्रयास