समाज

जयनगर रेलभित्रै लडेर एक यात्रुको मृत्यु

फाइल तस्बिर

भंगहा-जयनगर रेलभित्रै अचानक लडेर एक यात्रुको मृत्यु भएको छ।

मृत्यु हुनेमा महोत्तरीको लोहरपट्टी नगरपालिका ४ खुट्टापिपराढीका अन्दाजी ५० वर्षीय रामएकवाल पण्डित रहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए।

उनका अनुसार बिहान ८ बजे महोत्तरीको भंगहाबाट जयनगर तर्फ जान लागेको रेलमा लडेर उनको मृत्यु भएको हो।

प्रकाशित: २ माघ २०८० ०७:२९ मंगलबार

भंगहा-जयनगर रेल