समाज

सेतो पहरा दुर्घटना : मृत्यु हुनेको संख्या पाँच पुग्यो

चन्द्रागिरि नगरपालिका ४ पानीघाटनजिक हिमचुली सेतो पहरामा आज दिउँसो भएको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ।  

दुर्घटनामा घाइते ६ वर्षीया स्मारिका गौतमको उपचारका क्रममा बयोधा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरीपरिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए।

काठमाडौँबाट चित्लाङतर्फ जाँदै गरेको प्र३–०१–२३ च ६९८५ नम्बरको फोर्ड गाडी अनियन्त्रित भई सडकदेखि अन्दाजी पाँच सय मिटर तल खसी दुर्घटना भएको थियो। दुर्घटना अपराह्न १ः५५ बजे भएको थियो भने चारजनाको घटनास्थलमै मृत्यु भएको थियो।

घटनास्थलमै मृत्यु हुनेमा काठमाडौँ मैतीदेवीका ६७ वर्षीय ओमकारनिधि तिवारी, सोही स्थानका ६४ वर्षीया कल्पना तिवारी, काठमाडौँ लाजिम्पाटका डा. महेशकुमार गौतम र सोही ठाउँका चार वर्षीय प्रियान्स गौतम थिए।

दुर्घटनामा स्मारिकाकी आमा डा. सृष्टि तिवारी गौतम सकुशल रहेको प्रहरीले जनाएको छ। मृतकको शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रहरीले जनाएको छ। –रासस

प्रकाशित: २८ पुस २०८० ११:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App