समाज

सर्वोच्चमा मुख्य रजिष्ट्रार र रजिष्ट्रारद्वारा पद ग्रहण

सर्वोच्च अदालतमा नवनियुक्त मुख्य रजिष्ट्रार देवेन्द्रराज ढकाल र रजिष्ट्रार बिमल पौडेलले आज पदभार ग्रहण गरेका छन्।

पुस १८ मा बसेको न्याय सेवा आयोगको वैठकले सर्वोच्चमा मुख्य रजिष्ट्रार र रजिष्ट्रारको पदस्थापन गर्ने निर्णय गरेको थियो।

यस अघि सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर र रजिष्ट्रार निर्मला पौडेललाई उच्च अदालतको न्यायाधीशमा नियुक्ति गरेपछि दुई पद रिक्त रहेको थियो।

प्रकाशित: २५ पुस २०८० १२:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App