समाज

आगलागीबाट ९० लाखको क्षति

चौतारा –  सिन्धुपाल्चोकको चौतारास्थित वल्र्ड भिजन इनटरनेशनलको दुई कार्यालय भवनमा गए शुक्रबार राति आगलागी हुँदा करीव रु ९० लाख मूल्य बराबरको धनमाल क्षति भएको छ।

भूकम्पपछि क्रियाशील संस्थाका दुई प्रिफ्याब भवनमा लागेको आगो त्यहाँस्थित गोरखबहादुर गण, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा चौतारा नगरपालिकाको दमकलद्वारा राति नै नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिए।

आगलागीबाट विद्युतीय सामग्री, फर्निचर कम्प्युटरलगायत नष्ट भएको छ । त्यहाँ कार्यरत चौकीदारले विद्युत् प्रवाह भएर आगलागी भएको बताए पनि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  (रासस)

प्रकाशित: ५ फाल्गुन २०७४ ०५:३५ शनिबार

आगलागीबाट ९० लाखको क्षति