समाज

महिला हिंसाविरुद्ध प्रदर्शन

काठमाडौं – महिला हिंसा तथा दुर्व्यवहारविरुद्ध जनचेतना फैलाउने उद्देश्यका साथ राजधानीमा प्रदर्शन गरिएको छ। युथ एड्भोकेसी नेपाल, महिला एकता समाज र एक्सनएड नेपालको संयुक्त आयोजनामा राजधानीको शान्तिबाटिकामा बुधवार युवाहरूले एक घण्टा प्रदर्शन गरे।

युवाहरू महिला हिंसा अन्त्य गर, महिलाको सम्मान राष्ट्रको मान, महिला विरूद्ध हुने सडक दुर्व्यवहार अन्त्य गर, युवाको अधिकार सुनिश्चित  गर लेखिएका प्लेकार्ड बोकेर पदर्शनमा उत्रिएका थिए। प्रदर्शनीमा महिला हिंसा विरूद्ध खवरदारी गर्न युवाहरूले १ मिनेट सिठ्ठी समेत बजाएका थिए।

‘विश्वको कुल जनसंख्या ७ सय करोड मध्ये १ सय करोड भन्दा बढी महिला तथा बालिका आफ्नो जीवनकालमा बलात्कार वा घरेलु हिंसाको शिकार हुने गरेका छन्,’ युथ एड्भोकेसी नेपालका अध्यक्ष नरेन खतिवडाले भने, त्यसैले यस विरुद्ध सरकार, नागरिक समाज लगायतका सरोकारवाला निकाय शसक्तरूपमा लाग्न आवश्यक छ।’
नेपालमा धेरै कानुन बनेका भए पनि कानुनको प्रभावकारी रूपमा कार्यान्वयन नहुँदा समस्या सिर्जना भइरहेको कार्यक्रमकी सहभागि सन्जु थापाको गुनासो छ। उर्लदो सय करोड अभियान विश्वव्यापी रूपमा प्रत्यक वर्ष फेब्रुअरी  महिनाको १४ तारिखमा मनाउने गरिएको आयोजकले जनाएको छ।

अभियान महिला अधिकारकर्मी तथा अभिनेत्री इभ एन्सलर र उनको संस्था भि डेद्धाले सुरू गरेको हो। संस्थाले संसारभरिका मानिसहरूलाई महिला तथा बालिका माथि हुने सबै प्रकारका हिंसाको विरुद्धमा नाचेर विरोध गर्न आह्वान गर्दै आएको छ।

 

प्रकाशित: २ फाल्गुन २०७४ १२:५६ बुधबार

महिला हिंसाविरुद्ध प्रदर्शन