समाज

आन्तरिक उत्पादन र बजार मागअनुसार खाद्यान्न मौज्दातमा मुलुक सहज अवस्थामा छैनः सरकार

आन्तरिक उत्पादन र बजार मागअनुसार खाद्यन्न मौज्दातमा मुलुक सहज अवस्थामा नभएको सरकारले बताएको छ। 

सरकारले गत वर्षको तुलनामा धान उत्पादन ५० प्रतिशत कमी हुने देखिएको भन्दै खाद्यन्न मौज्दातमा सहज अवस्थामा नहुने आँकलक गरेको हो।

सरकारसँग बजारको मूल्य नियन्त्रण गर्ने गरी खाद्यन्न मौज्दात समेत नहुने अवस्था रहेको स्वीकार गरेको छ। खाद्यन्नको आन्तरिक उत्पादन र आयातका आधारमा १० प्रतिशत मौज्दात हुनुपर्नेमा १ प्रतिशत मात्रै पनि मौज्दात नरहने सरकारले जनाएको छ।

बिहीवार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीले यस्तो बताए। उनले गत वर्षको तुलनामा यो वर्ष धान उत्पादन करिव ५० प्रतिशत कमी आउने कृषि मन्त्रालयबाट सूचना आएको बताए। उनले मुलुकको आन्तरिक खाद्यन्न उत्पादनको हिसाव सहज अवस्थामा नभएको उल्लेख गरे। उनले भण्डारणको व्यवस्थामा पनि सरकारले न्युनतम राख्नुपर्ने मौज्दात पूरा गर्ने क्रममा रहेको बताए।

उनले धान खरिदमा कतै कमजोरी भयो भने कम खरिद गर्नसक्ने अवस्था भए चामलबाट पूरा गर्नेगरी खाद्य संस्थानले चामल खरिदको लागि टेण्डर आह्वान गरिसकेको बताए। सचिव दुवाडीले सरकारले बजारको खाद्यन्नको आपूर्ति श्रृंखला बिग्रन नदिने गरी सप्लाई गरिहेको दाबी गरे। उनले मुलुकको आन्तरिक उत्पादनले बजारको माग धान्न सक्ने अवस्था नभएको दाबी गरे। खाद्य कम्पनीले खरिद गर्ने धान र चामलको हिंसा पनि बजारको माग पूरा गर्नसक्ने परिणाममा नभएको उनको भनाई छ। सचिव दुवाडीले उत्पादन र मागको आधारमा करिव १ प्रतिशतको हाराहारीमा मात्रै धान वा चामलको मौज्दात सरकारसँग रहने अवस्था रहेको बताए। उनले सरकारसँग १० प्रतिशतको हाराहारीमा मौज्दात राख्न नसके बजारको आपूर्ति र मूल्यवृद्धि नियन्त्रण गर्नसक्ने अवस्था नहुने बताए। त्यसैले अहिले सरकार खाद्यान्नको स्टक बढाउने र बजारको मूल्यलाई नियन्त्रण गर्नेगरी क्रियाशिल भएर काम गरिरहेको उनको भनाइ छ।  

प्रकाशित: १९ पुस २०८० १२:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App