समाज

झापामा ट्रिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

दमक (रासस)– झापाको कमल गाँउपालिका–५ पाडाजुंगीमा ट्रिपरको ठक्करबाट बुधबार दिउँसो एक मोटरसाइकल चालकको मृत्यु भएको छ । 

को १ ख ५२२३ नम्बरको ट्रिपरले मे ९ प २२९१ मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सोही गाउँपालिका–६ बस्ने १८ वर्षीय सौरभ ताजपुरियाको मृत्यु भएको हो । ट्रिपरले ठक्कर दिएपछि गम्भीर घाइते भएका ताजपुरियाको स्थानीय लाइफलाइन अस्पतालमा उपचार गर्ने क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । 

दुर्घटनालगत्तै ट्रिपर र त्यसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको प्रहरी प्रमुख दीपक गिरीले जानकारी दिए ।

प्रकाशित: ३ माघ २०७४ १०:४६ बुधबार

झापामा ट्रिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु