समाज

अर्नाको आक्रमणबाट बालिकाको मृत्यु

सुनसरी- जंगली अर्नाको आक्रमणबाट एक वालिकाको मृत्यु भएको छ। कोशी गाउँपालिका–४ कटान बस्ने मोहमद मजेबुलकी छोरी ९ बर्षीया सेहेजादी खातुनलाई आफ्नै घर अगाडीको खेतमा खेल्ने क्रममा जङ्गली अर्नाले आक्रमण गरेको थियो। घाईते भएकी उनलाई उपचारको लागि ईनरुवा अस्पताल लगेकोमा उपचारको क्रममा मंगलबार मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित: २ माघ २०७४ ११:३४ मंगलबार

अर्नाको आक्रमणबाट बालिकाको मृत्यु