समाज

सुमार्गीले भने– कानूनबमोजिम वैदेशिक ऋण भित्र्याएको हुँ

काठमाडौं – मुक्तिश्री प्रालिका अध्यक्ष अजयराज सुमार्गीले आफूले सरकारका निकायबाट तत्कालीन प्रचलित कानूनबमोजिम वैदेशिक ऋण लगानी भित्रयाएको जिकिर गरेका छन्।

सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी उनले सबै रकम बैंकिङ च्यानलबाट पारदर्शी ढङ्गले ल्याएको र ल्याउने क्रममा वैदेशिक ऋण र लगानीबारे सम्बद्ध सरकारी निकायलाई तत्कालै जानकारी गराएको बताए।

विसं २०७० मा कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक कैलाश सिरोहिया र आफूबीच जग्गाको कारोवार भएको र कारोवारको एक वर्षपछि कान्तिपुर ग्रुपले आफूविरूद्ध निराधार समाचार प्रकाशन एवं प्रसारण गरेको उनको आरोप छ। रासस

प्रकाशित: १ माघ २०७४ ११:३३ सोमबार

सुमार्गीले भने– कानूनबमोजिम वैदेशिक ऋण भित्र्याएको हुँ