समाज

इलामको सन्दकपुर क्षेत्रमा हिमपात

फाइल तस्वीर

इलामको माथिल्लो क्षेत्र सन्दकपुर आसपासमा हिमपात भएको छ। वर्षापछि सो क्षेत्रमा हिउँ पर्न थालेको हो। भारतसँग सीमा जोडिएको सन्दकपुर गाउँपालिकाको जौबारी, कालपोखरी लगायतका क्षेत्रमा हिमपात भएको स्थानीय लाक्पा शेर्पाले बताए। उनका अनुसार हिउँ परेर चिसो बढेसँगै सो क्षेत्रको जनजीवन प्रभावित बनेको छ।

बिहीबार दिउँसोदेखि हिउँ पर्न सुरु गरेको र आज पनि बिहानैबाट हिउँ झरेको जनाइएको छ। सन्दकपुर जिल्लाकै अग्लो स्थान हो। यसको उचाइ तीन हजार छ सय ३६ मिटर रहेको छ। हिउँ परेर चिसो बढेसँगै सो क्षेत्रको जनजीवन प्रभावित बनेको छ।

बूढापाका तथा बालबालिकालाई समस्या भए पनि युवाहरू हिउँमा नै रमाउने गरेका छन्। दीर्घरोगी गोठमा नै बस्नेलाई समेत समस्या पर्ने गरेको छ। हिउँ परेपछि जिल्लाका अन्य क्षेत्रबाट हिउँ खेल्न पर्यटक समेत जान थालेको बताइएको छ।

घरबाहिरको काम गर्न समस्या भएको छ। वस्तुलाई घाँस काट्न समस्या भए पनि किसानलाई भने हिउँले राहत मिल्ने बताइएको छ। सुक्खा रहेको जमिन हिउँले लामो समयसम्म चिस्यान गराउने किसानको भनाइ छ।

हिउँदका दिनमा पनि आक्कलझुक्कल हिउँ पर्ने भएपछि हिउँसँग रमाउनेसमेत उत्तिकै भेट्टिन्छन्। स्थानीय लाक्पा शेर्पाले हिउँ परेपछि पर्यटक बढ्ने बताए।

उनले गएको वर्ष बाक्लो हिउँ नपरेको तर यस वर्ष सुरुदेखि नै हिउँ पर्न थालेको बताए। हिउँ खेल्नका लागि जाने पर्यटककै कारण सो क्षेत्रका होटलसमेत भरिभराउ हुने गरेका छन्।

प्रकाशित: २२ मंसिर २०८० ०५:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App