समाज

विशेष अदालतका न्यायाधीशहरुले लिए सपथ

विशेष अदालत काठमाडौंका लागि नवनियुक्त अध्यक्ष एवं सदस्यहरुले आज सोमबार पद तथा गोपनीयताको सपथ लिएका छन्।

विषेश अदालतको नवनियुक्त अध्यक्ष एवं न्यायाधीशमा टेकनारायण कुँवर र सदस्य एवं न्यायाधीशमा तेजनारायण सिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाले पद तथा गोपनीयताको सपथ लिएका हुन्।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नवनियुक्त अध्यक्ष, सदस्य एवं न्यायाधीशहरुका लागि सर्वोच्च अदालतमा पद तथा गोपनीयताको सपथ दिलाएका हुन्।

मंसिर ५ मा न्याय परिषद् वैठकले विशेष अदालतका लागि अध्यक्ष र सदस्यहरु तोक्न परामर्श गर्ने निर्णय गरेको थियो।

प्रकाशित: १८ मंसिर २०८० ०८:०० सोमबार

विशेष अदालत काठमाडौं