समाज

पूर्व मन्त्रीहरु संलग्न भुटानी शरणार्थी प्रकरणमा बहस जारी

उच्च अदालत पाटनमा विशिष्ट व्यक्तिहरू जोडिएको नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेकाहरूको मुद्दाको सुनुवाइ आजदेखि सुरु भएको छ। थुनामा रहेकाहरू छुट्ने वा थुनाभित्रै रहने भन्ने अदालतको निर्णयमा भर पर्ने छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा साढे चार महिनादेखि थुनामा रहेका नेकपा एमालेका सचिव एवं पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, काँग्रेस नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँणसहितको सुनुवाइ भइरहेको हो।

उच्च अदालत पाटनका न्यायाधीशहरू जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासमा परेको मुद्दाको सुनुवाइ भइरहेको छ।

मुद्दामा धेरै कानुन व्यवसायी रहेकाले हरेक कानुन व्यवसायीका लागि १५ मिनेट बहसको समय तोकिएको उच्च अदालत पाटनले जनाएको छ। ५० बढी कानुन व्यवसायीहरूले बहसका लागि नाम टिपाएपछि तिहारपछिका लागि समय तोकिएको थियो।

प्रकाशित: ५ मंसिर २०८० ०९:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App