समाज

युवककाे शव फेला

तनहुँ – व्यास २ बाघबजारस्थित बुल्दी खोला किनारमा मंगलबार बिहान एक युवककाे शव फेला परेका छन् । गोरखा पालुङटार नगरपालिका वडा नम्बर–७ च्याङ्ली घर भई हाल व्यास नगरपालिका–४ बस्दै आएका २५ वर्षीय ओमबहादुर विकको शव भेटिएको जानकारी जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको छ ।

स्थानीयहरुले उनको हत्या भएको हुन सक्ने आशंका गरेका छन् । उनको टाउको र आँखामा गम्भिर चोट लागेको प्रहरीले जनाएको छ । उनको उक्त शव पोस्टमार्टमका लागि दमौली अस्पताल लगिएको छ । ‘मजदुरीका लागि दलौमी बस्दै आएको उनको टाउको र आँखामा ढुंगा प्रहार गरिएको रहेछ,’ जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव निरीक्षक मनोज पाण्डेले भने,‘शव हेर्दा हत्या गरिएकोजस्तो देखिएपछि अनुसन्धान कार्य सुरु गरेका छौं।’

मृतक विक सोमबार भूकम्पबाट भत्किएको घर पुर्ननिर्माण गर्न दमौलीतर्फ लागेको जानकारी उनका आफन्त बुद्धि विकले गराएका छन् ।

प्रकाशित: ११ पुस २०७४ ०७:१५ मंगलबार

युवककाे शव फेला