समाज

मुगुका २९ अग्नी पीडित परिवारलाई राहत

महिला अधिकार केन्द्र मुगुले २९ अग्नी पीडित परिवारलाई राहत प्रदान गरेको छ।

गत असोज ६ गते राति विद्युत सर्ट हुँदा भएको आगलागीका २९ जना पीडितलाई महिला अधिकार केन्द्र मुगुले राहत प्रदान गरेको हो।

राहत स्वरूप प्रति परिवारलाई फाइवर २९,  डस्ना २९, तन्ना २९,सिरानी २९,सिरानीको खोल २९,चामल २९ प्याक,  दाल ८७ केजी र बाटा २९ वटा पाएका छन्।करिब ४ लाख बराबरको राहत दिइएको छ।

गत भदौ ६ गते राति मुगुमा भएको आगलागीबाट ४ करोड १९ लाख ६ हजार बराबरको आर्थिक क्षति भएको थियो। आगलागीबाट ८ वटा घर पूर्ण रूपमा जलेर नष्ट भएका थिए।

प्रकाशित: ४ मंसिर २०८० ११:०४ सोमबार

अग्नी पीडित