समाज

सशस्त्र मुख्यालयमा आगलागी

काठमाडौं- हलचोकमा रहेको सशस्त्र प्रहरी बलको मुख्यालयभित्र सोमबार राति आगलागी हुँदा महŒवपूर्ण कागजपत्र जलेर नष्ट भएका छन् । राति १ बजे सशस्त्रको स्टोर राखिएको भवनमा अकस्मात् आगलागी भएको थियो ।

आगलागीको घटना शंकास्पद रहेको भन्दै सशस्त्र मुख्यालयले एआइजी प्रेम शाहीको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ। यस्तै घटनाबारे प्रहरीको महानगरीय प्रहरी अपराध महाशाखाले पनि अनुसन्धान थालेको छ ।

सशस्त्रको खेलमैदान नजिकै रहेको भवनमा सल्किएको आगो निभाउन १ घन्टा लागेको थियो । आगलागीको कारण खुल्न सकेको छैन। जलेर कार्यालय प्रयोजनका स्टेसनरी सामग्री र लेखासम्बन्धी फाइल नष्ट भएका छन् ।

आगलागी भएको कोठामा भरिएको एलपिजी ग्यासका सिलिन्डरसमेत थिए । मुख्यालयमा रहेका सशस्त्रको जनशक्तिले आगलागी नियन्त्रणको उपकरण प्रयोग गरेर सिलिन्डर बाहिर निकाल्दा ठूलो क्षति हुन पाएन ।

सूचना शाखाका डिएसपी अजय छत्कुलीका अनुसार आगलागीबाट करिब २० लाख बराबरको क्षति भएको छ । उनले प्रारम्भिक अनुसन्धानमा विद्युत् सट भएर आगलागी भएको आशंका गरिए पनि घटनाको कारण पहिल्याउन छानबिन समिति गठन गरिएको बताए ।

जानकार स्रोतका अनुसार आगलागीबाट सशस्त्रको लेखासम्बन्धी महŒवपूर्ण फाइल समेत जलेको छ । सशस्त्रमा लत्ताकपडा, एपिसी खरिदलगायतका विषय विवादमा तानिइरहेका बेला भएको आगलागीलाई संगठनले नै शंकास्पद मानेर छानबिन समिति गठन गरेको हो ।

प्रकाशित: ५ पुस २०७४ ०१:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App