समाज

नेपाली पर्वतारोही पाण्डेले गरे अफ्रिकाको सर्वोच्च शिखर किलिमन्जारोको सफल आरोहण

नेपाली युवा पर्वतारोही प्रकाशराज पाण्डेले अफ्रिकाको सर्वोच्च शिखर किलिमन्जारोको सफल आरोहण गरेका छन्।

उनले अक्टोबर ३१ तारिखमा बिहान ६: ४० मा तान्जेनियाको किलिमन्जारोको सफल आरोहण‍ गरेका हुन्।

पाण्डेले किलिमन्जारोमा नेपालको राष्ट्रिय झन्डा फहराएका छन्। किलिमन्जारो ५ हजार ८ सय ९५ मिटर अग्लो छ।

उनी सातै महादेशका उच्च हिमाल आरोहण गरी सेभेन समिट पूरा गर्ने लक्ष्यमा छन्। यसअघि उनले गत जुन २९ तारिखमा रुसस्थित युरोपको सर्वोच्च शिखर माउन्ट एलब्रस हिमाल आरोहण गरेका थिए।

उनले सगरमाथा, मनास्लु, आमादब्लमलगायत नेपालका ६ वटा हिमालको सफल आरोहण गरिसकेका छन्।

प्रकाशित: १५ कार्तिक २०८० ०८:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App