समाज

मुगु हत्या प्रकरण: हत्यारा पत्ता नलागेसम्म शव नबुझ्ने परिवारको अडान

मुगुको छायाँनाथ रारा नगरपालिका-६ मुन्दुगाउँमा श्रीमतीसहित तीन सन्तान गुमाएका दीपक बोहोराले हत्यारा नभेटिँदासम्म शव नबुझ्ने अडान राखेका छन्।

हत्यारा कानुनी कठघरामा नआएसम्म शव नबुझ्ने बताएका हुन्। उनले भने, 'जबसम्म हत्यारा भेटिएर कानुनी कठघरामा आउँदैन तबसम्म म शवहरू बुझ्दिनँ।'

उनले प्रहरीले अनुसन्धानका नाममा कुकुरदेखि अनुसन्धान टोलीहरू परिचालन गरे पनि हत्यारा पत्ता लगाउन नसक्नु दु:खद भएको बताए। शुक्रबार मुन्दुगाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा, उनका ११ वर्षीय छोरा मनोज बोहोरा, आठ महिनाका छोरा रहर बोहोरा र आठ वर्षीया छोरी अप्सरा बोहोराको शव घरभित्रै फेला परेको थियो।

उनीहरू धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको अवस्थामा भेटिएका थिए। मृतक श्रीदेवीका माइती पक्ष र श्रीमान् दीपकले तत्काल घटनाको अनुसन्धान गरेर हत्यारा पत्ता लगाउन माग गरेका छन्। जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले शव पोस्टमार्टमको काम सुरु गरिएको जानकारी दिए। सामूहिक हत्या घटनाको विषयमा विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ,उनले भने, प्रमाण जुटाएर मात्रै सत्यतथ्य सार्वजनिक गरिने छ। 

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायव महानिरीक्षक ९डिआइजी० भीमप्रसाद ढकाल घटनाको अनुसन्धानमा भएको प्रगति बुझ्न आइतबार घटनास्थल पुगेका थिए। अनुसन्धानका लागि सुर्खेतबाट थप दुई सुरक्षा टोली तालिम प्राप्त कुकुरसहित मुगु पुगेको छ।

छायाँनाथ रारा -६ का वडाध्यक्ष खेमराज रावलले शवहरूको पोष्टमार्टम सकिए पनि शवहरू नबुझ्ने आफन्तहरूको अडान कायमै रहेको बताए। 

प्रकाशित: १३ कार्तिक २०८० ०८:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App