समाज

अवैध सामानसहित अटो बरामद

अवैध सामानसहित इलेक्ट्रिक अटो प्रहरीले बरामद गरेको छ। गुलरिया नगरपालिका–६  बाट आज प्रहरीले सामानसहित अटो बरामद गरेको छ।

भारतबाट भन्सार छली ल्याई बेवारिसे अवस्थामा राखिएको सामान सहित अटो प्रहरीले बरामद गरेको हो। प्रहरीका अनुसार मूल्य ३२ हजार ८ सय बराबरको स्टिल तथा काँसको भाँडा र सो सामान ल्याउन प्रयोग गरिएको भे २ स २५८९ नम्बरको इलेक्ट्रिक अटोको मूल्य २ लाखगरि जम्मा मूल्य २ लाख ३२ हजार ८ सय बराबरको सामान बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीले अवैध सामान सहित अटो नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजापुर भन्सार कार्यालय गुलरियामा पठाइएको  डिएसपी तुल्सीराम अर्यालले जानकारी दिए।

प्रकाशित: १२ कार्तिक २०८० १३:३४ आइतबार

अवैध सामानसहित अटो बरामद