समाज

अभाव झेल्दै भक्तपुर क्यान्सर अस्पताल

काठमाडौं- कुनै बेला भक्तपुर क्यान्सर अस्पतालको पुरानो भवनमा बिरामीहरूले दिवा सेवा लिएर जान्थे । सेवा दिने र लिने दुवैलाई राहत हुन्थ्यो । २२  वर्षको अन्तरालमा अस्पतालको रूप फेरिएको मात्रै छैन सेवा पनि विस्तार भएको छ । क्यानसरका बिरामीहरूलाई सेवा दिइरहेको यो अस्पतालको विस्तारसँगै अभाव पनि चुलिँदै गइरहेको छ ।
‘हामीले क्यान्सरका बिरामीलाई झन्डै ९० प्रतिशत सेवा दिइरहेका छौं । तर पनि कतिपय भौतिक पूर्वाधारलगायतका आवश्यक पूर्वाधारको पर्याप्त विकास गर्न भने सकिरहेका छैनौं,’ नेपाल अबुद्र्ध रोग निवारण संस्था तथा भक्तपुर क्यान्सर अस्पताल विकास समितिका अध्यक्ष लोकेन्द्र (ईश्वर) श्रेष्ठले भने । उनका अनुसार अस्पताल सामुदायिक सेवाका लागि गठन भएकाले नाफाभन्दा सेवालाई प्राथमिकतामा राखेको छ ।
हाल एक सय शड्ढयामा सेवा दिइरहेको अस्पतालले केही दिनमै १ सय ५० थप शड्ढया सञ्चालनमा ल्याउँदैछ । उक्त थप शड्ढयामा सेवा सुचारु गर्न अरू कुरा बाहेक नर्सहरू नै १६ जना चाहिन्छन् ।
क्यानसरको उपचारमा महŒवपूर्ण तर महंगो उपकरण ‘लिन्याक’लाई पनि अस्पतालले भिœयाउँदैछ । १९ करोडको सो उपकरण खरिदका लागि सरकारले ५ करोड रूपैयाँ उपलब्ध गराएको थियो भने बाँकी रकम अस्पतालले बैंक क्रणमार्फत जुटाएको छ । निजी अस्पतालमा महंगो शुल्क तिर्नुपर्ने सो सेवा यो अस्पतालले शुलभ शुल्कमा उपलब्ध गराउनेछ ।
अस्पतालले क्यान्सर उपचारमा सर्जरी, किमोथेरापी वार्ड, डे केयर, ६ वटा आइसियु सेवा, सर्पोटिभ केयर, एमआइसियु, बाल ब्लड क्यान्सर वार्ड, हेमाटोलोजी वार्ड, विभिन्न रोगका ओपिडी सेवा, आधुनिक प्याथालोजी सेवा, क्यान्सर पत्ता लगाउने मेमोग्राम, सिटिसक्यान, अल्ट्रासाउण्ड, एक्स–रे, कोल्नोस्कोपी, इन्डोशकोपी, एनेसथेसिया, चार टेवल क्षमताको शल्यक्रिया विभाग, लगायतका रेडियोलोजीलगायतको सेवा उपलब्ध गराउँदै आएको छ ।
गुणस्तरीय र शुलभ उपचार सेवा दिँदा दिँदै पनि अस्पतालका बहिरंग सेवाका भवनहरू साँघुरा छन्, अस्पताल कम्पाउन्ड पर्खाल लगाउन सकिएको छैन, शौचालय कम हुनाले बिरामीले अप्ठेरो झेल्नु परेका छ । अस्पतालको हाता साँघुरो छ । ‘आर्थिक अभावका कारण धेरै कुरा मिलाउन सकिएको छैन,’ अध्यक्ष श्रेष्ठले भने ।
अस्पतालका निर्देशक डा. ऋषिकेशनारायण श्रेष्ठका अनुसार पूर्ण क्यान्सर अस्पताल हुनका लागि चाहिने अस्पतालमा केही उपकरणको कमी छ । अस्पतालको आफ्नै सिटिसक्यान मेसिन छैन, जम्मा दुई÷ तीन वटा मात्र भेन्टिलेटर मेशिन छन्, भूकम्पले भत्काएको भवन अहिलेसम्म पुनर्निर्माण हुन सकेको छैन ।
गैर नाफामुखी सामाजिक संस्थाका रूपमा सञ्चालित अस्पताल विभिन्न गैरसरकारी संस्था तथा क्लबहरूले दिएको सहयोगको भरमा अस्पताल आजको अवस्थामा आइपुगेको हो ।
गैरसरकारी संस्थाले दिएको खण्ड– खण्ड सहयोगको भरमा व्यवस्थापन गर्दै जाँदा सबै एकमुष्ठ व्यवस्थापन हुन नसकेको अस्पताल प्रशासनले जनाएको छ । ‘हाम्रो उद्देश्य क्यान्सरका विपन्न बिरामीलाई सेवा दिनु र क्यान्सरविरुद्ध सचेत गराउनु हो, सरकारलाई नीतिगत परिवर्तनका लागि पनि धेरै पहल गगरेका छौं,’ अध्यक्ष श्रेष्ठले भने ।
सामाजिक सेवाको उद्देश्यले खुलेको यो अस्पताल समाजमा स्थापित भइकसकेको छ । शुलभ शुल्कःमा अस्पतालले सेवा दिँदै आएको छ नै । यो अस्पतालमा आउने आधाभन्दा बढी बिरामी विपन्न समूहका हुनाले उनीहरूलाई अस्पतालले निशुल्क सेवा समेत दिँदै आएको छ ।
‘सरकारको आफ्नै मातहतको अस्पताल नभएकाले सरकारलाई धेरै चासो नपरेको हो,’ निर्देशक श्रेष्ठले भने । निजी अस्पतालमा पहुँच नपुग्ने बिरामीका लागि यही अस्पताल मात्र विकल्प भएकाले पनि यस अस्पतालको विस्तार गर्नुपर्ने आवश्यकता औंल्याउँछन् श्रेष्ठ । ‘अन्यत्र पैसा खर्च गर्न नसकेका बिरामी सिधै यहीँ आउँने हुन्,’ उनले भने, ‘हाम्रो नीति नै जस्तोसुकै बिरामी आए पनि भर्ना हुन पाउनु पर्छ भन्ने हो ।’
सरकारले क्यान्सरका बिरामीका लागि दिने खर्च यो अस्पताललाई पाँच प्रतिशत मात्र दिए पनि राहत मिल्ने संस्थाका अध्यक्ष श्रेष्ठको माग छ । अस्पतालका अनुसार अस्पतालमा दैनिक ५ सय बिरामी बहिरंग सेवाका लागि आउँछ्न । सन् २०१६ को तथ्यांंकअनुसार अस्पतालमा ५८ हजार ८ सय ७३ जनाले सेवा लिएका थिए । ती मध्ये ३ हजार २ सय ६० क्यान्सरका बिरामी छन् ।

प्रकाशित: १० मंसिर २०७४ ०६:२२ आइतबार

अभाव झेल्दै भक्तपुर क्यान्सर अस्पताल