समाज

यस वर्षको मनसुन १३ दिन ढिलोगरी बाहिरियो, यस्तो रहने छ आजको मौसम

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशभरको मौसम सामान्यतया सफा रहने बताएको छ।  

महाशाखाले हाल देशमा पश्चिमी वायूको प्रभाव रहेको हुँदा देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने छ।

महाशाखाले यस वर्षको मनसुन आइतवारदेखि नेपालबाट बाहिरिएको जनाएको छ।  नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टुबर २ रहेकोमा यसवर्ष १३ दिन ढिलो गरी बाहिरिएको हो। जेठ ३१ मा भित्रिएको यस वर्षको मनसुन १२४ दिन जति नेपालमा रहेको महाशाखाले जनाएको छ।  

म्हाशाखाका अनुसार आज दिउँसो देशको लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। सुदूर–पश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्ययम वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति भने सुदूर–पश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। सुदूर–पश्चिम प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

महाशाखाले केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्ययम वर्षाको सम्भावना तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन पनि आग्रह गरेको छ।  

प्रकाशित: २९ आश्विन २०८० ०२:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App