समाज

रिपब्लिका ग्राहक योजनाको स्कूटर अविनाशालाई

लक्की ड्र सञ्चालन गरिँदै।

काठमाडौं—नेपाल रिपब्लिक मिडियाले सञ्चालन गरेको ‘गेट स्मार्ट गेट रिपब्लिका’ ग्राहाक योजना अन्तर्गत असोज महिनाको ग्राहकहरु मध्येबाट लक्की ड्र गरी बिजेता घोषणा गरिएको छ। सो अनुसार काठमाडाै महादेवटार निबासी श्री अवानिशा शिवाकोटी (रसिद नं ३५११३)ले अप्रिला १५० एसआर स्कूटर जितेकी छिन्।

मिडियाले गत महिना बनेका तीन हजार दुई सय ७८ ग्राहकहरुमध्येबाट लक्की ड्र गरेको हो। चर्चित कलाकार सलोन बस्नेतले सञ्चालन गरेको लक्की ड्र माईरिपब्लिका तथा नागरिकन्युजको फेसबुक पेजबाट भिडियो लाइभ गरिएको थियो। 

यो योजना अझै जारी रहेको कम्पनीले जनाएको छ। 

प्रकाशित: २३ कार्तिक २०७४ १४:३० बिहीबार

रिपब्लिका ग्राहक योजनाको स्कूटर अविनाशालाई