समाज

सर्लाहीमा जलाउन लागिएको शव प्रहरी नियन्त्रणमा, तीन जना पक्राउ

सर्लाहीमा जलाउन लागिएको एक महिलाको शव प्रहरीले नियन्त्रणमा लिएको छ।

स्थानीय रामनगर गाउँपालिका-१ खैर्वाका सुनिल साहकी २१ वर्षीया श्रीमती मनिषा देवि साहको शव सर्लाही प्रहरीले नियन्त्रणमा लिएको हो।

बुधबार बेलुकी मनिषाको ज्यान गएको थियो। मनिषाको शरीरको विभिन्न अंगमा निलडाम भएको र उनको मृत्यु पछि अन्तिम संस्कार गर्न लगेको खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोलिले महिलाको शवलाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिएको शवलाई प्रादेशिक अस्पताल मलंगवामा पोष्टमार्टमा लागि पठाइएको प्रहरी प्रवक्ता डिएसपी दिपेन्द्र पन्जियार थारुले बताए।

परिवारले मनिषाको शवलाई दाहसंस्कार गर्न गाउँ नजिकको मनुसमारा खोला किनारमा लगेका थिए। प्रहरीले शवलाइ नियन्त्रणमा लिएर घटना स्थलबाट मृतकका श्रीमान् सुनिल साह, ससुरा रामेश्वर साह र देवर रामबाबु साहलाई नियन्त्रणमा लिएको छ। उक्त घटनाको अनुसन्धान अघि बढाइएको पन्जियारले बताए।  

प्रकाशित: ११ आश्विन २०८० ०८:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App