समाज

सिन्धुलीमा स्याललाई हानेको गोली मान्छेलाई लागेपछि...

सिन्धुली—गोलन्जोर गाउँपालिका–६ बाट प्रहरीले अवैध भरुवा बन्दुकसहित आज एक जनालाई पक्राउ गरेको छ। गोलन्जोर गाउँपालिका–६ का २५ वर्षीय कुमार नेपालीलाई बन्दुकसहित पक्राउ गरेको प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिए।

नेपालीले स्याल मार्न गोली हान्दा गोलन्जोर–६ का १६ वर्षीय गोपाल श्रेष्ठ घाइते भएका थिए।

नेपालीलाई पक्राउ गरी आवश्यक अनुसन्धान शुरु गरेको शर्माले बताए। बन्दुकको छर्रा लागेर श्रेष्ठको हातमा चोट लागेको छ। उनको उपचार भइरहेको छ। नेपालीलाई हातहतियार खरखजाना ऐनअनुसार कारबाही गरीने शर्माले जानकारी दिए। रासस

प्रकाशित: २२ आश्विन २०७४ १३:०५ आइतबार

सिन्धुलीमा स्याललाई हानेको गोली मान्छेलाई लागेपछि...