समाज

२ लाखसहित ९ जुवाडे पक्राउ

धादिङ– तासको खालबाट धादिङ प्रहरीले गयराति २ लाख रुपैयाँसहित ९ जनालाई पक्राउ गरेको छ। सिद्धलेक गाउँपालिका वडा नम्बर सातस्थित रहेको रामशरण सेढाईंको घरमा तास खेलिरहेका ९ पक्राउ परेको हो। पक्राउ परेकाहरुको विषयमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

पक्राउ पर्नेमा गजुरी गाउँपालिकाका दिनेश सापकोटा, दिपेन्द्र मल्ल, विश्वकुमार बस्नेत, बमबहादुर तामाङ, कृष्णलाल श्रेष्ठ, सुदीप उप्रेती, सिद्धलेक गाउँपालिकाका राजेन्द्र अधिकारी, रमेश ढुंगाना, कुमार थपलिया रहेका छन्। अन्य समयमा भन्दा चाडपर्वको बेला जुवातास खेल्ने र अपराधिक क्रियाकलाप बढी हुने गरेको छ।

प्रकाशित: २२ आश्विन २०७४ १०:३१ आइतबार

लाखसहित जुवाडे पक्राउ