समाज

जाजरकोटमा जेष्ठ नागरिकहरुलाई सम्मान

जाजरकोट- अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा जाजरकोटमा जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ। जेष्ठ नागरिक संघ जाजरकोटको आयोजनामा एक कार्यक्रम गरि  जिल्लाका  ४० भन्दा बढीलाई विभिन्न बस्त्रहरु उपहार दिएर सम्मान गरिएको  हो।

महिला तथा वालवालिका कार्यालय जाजरकोटको आर्थिक सहयोगमा  जिल्लाका विभिन्न स्थानवाट सदरमुकाममा आएका जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको  जेष्ठ नागरिक संघ जाजरकोटका  अध्यक्ष मानवहादुर सिंहले बताए। उनले  वर्षेनी जिल्लाका  जेष्ठ नागरिकहरुलाई  दिवसका दिन सम्मान गर्ने गरिएको  बताए। थोरै र सानै मात्रामा भएपनि जेष्ठ नागरिक सम्मान गर्ने  परम्परा सकरात्मक रहेको  अध्यक्ष सिंहले बताए।

भेरी नगरपालिकाका  उपमेयर भावना भन्डारीले  सदरमुकाम खलंगाको ठाटीवजार स्थित बृद्धाश्रममा  बस्त्रहरु दिएर सम्मान गरेकी हुन्।  दिवसका अवसरमा आयोजित कार्यक्रममा  ४५जना जेष्ठ नागरिकहरु मध्य पुरुषहरुलाइ कमिज र गम्छा र  महिलाहरुलाई चोली र गम्छा दिएर सम्मान गरिएको  जेष्ठ नागरिक संघका अध्यक्ष सिंहले बताए।

कार्यक्रममा   सहभागित भएका जेष्ठ नागरिकहरुले  राज्यले आफुहरु प्रति  न्यायपुर्ण व्यवहार नगरेको  बताए । आफुहरु  जीवनका अभुभव नया पुस्तालाइ  बाँड्न तयार भए पनि  अहिलेको पुस्ताले  आफुहरुको   अनुभव लिन  सक्रियता नदेखाएको  जेष्ठ नागरिक संघ जाजरकोटका बरिष्ठ उपाध्यक्ष चक्रवहादुर चन्दले बताए।

प्रकाशित: १५ आश्विन २०७४ ०६:३२ आइतबार

जाजरकोटमा जेष्ठ नागरिकहरुलाई सम्मान