खोटाङ, असोज १२ (नागरिक)– दसैं रमझममा चलिरहँदा विद्युत सर्ट भई आगलागी भएपछि हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा एक घर जलेको छ । बुधबार राति एक्कासी आगलागी हुँदा राजापानीका ईश्वर खड्काको घर जलेको थियो ।
‘ ढुंगामाटोले बनेको दुई तले घरमा आगलागी हुँदा खड्काको ४ लाख नगद, सुनचाँदी लगायत जल्दा १३ लाख ८० हजार बराबरको क्षति भएको छ,’ जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी लोकदर्शन थापाले भने । आगो निभाउनेक्रममा स्थानीय दलबहादुर खड्का र गणेश खड्का घाईते भएका छन् ।
शरीर जलेका घाईतेलाई उपचारका लागि बिहीबार बिहान काठमाण्डौं पठाइएको छ । आगो बुईपा प्रहरीचौकीका प्रहरी र स्थानीयले तीन घण्टापछि नियन्त्रणमा लिएका थिए ।
प्रकाशित: १२ आश्विन २०७४ ०४:०६ बिहीबार