समाज

महाकाली नदी किनारमा युवकको शव फेला

कञ्चनपुर, असोज ११– कञ्चनपुरको महाकाली नदीको किनारमा अन्दाजी १६ वर्षका हेमराज पन्त मृत अवस्थामा फेला परेका छन् । बुधबार सुरक्षाको लागि खटिएका नेपाल प्रहरीको टोलीले उनको शव महाकाली नगरपालिका ८ स्थित महाकाली नदी किनारमा फेला पारेको थियो। 
उनी चार दिनअघि घरबाट कैलालीको अत्तरियातर्फ जान हिडेका थिए । ‘महाकाली नदीमाथिको झोलुङ्गे पुलभन्दा झण्डै ५ सय मिटर तल शव फेला परेको थियो,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेट्टीले भने । 

प्रकाशित: ११ आश्विन २०७४ १४:५४ बुधबार

महाकाली नदी किनारमा युवकको शव फेला