समाज

आज पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न स्थानमा मौसम बदली रहने बताएको छ।

अहाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै नेपालमा हाल  भारतको पन्जाब र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ। सुदूर–पश्चिम, लुम्बिनी र कर्णाली प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा साथै देशका बाँकी भू–भागका एक–दुई स्थानमा  मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।  

आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाले देशका पहाडी विभिन्न स्थानमा मौसम बदली रहने भएकाले सम्भावित जोखिमबाट बच्न पनि आग्रह गरेको छ।  

प्रकाशित: ३१ भाद्र २०८० ०१:३७ आइतबार

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा मौसम बदली