समाज

कास्कीमा मोटर चल्ने आठ पुल निर्माणाधीन

पोखरा–कास्कीमा मोटर चल्ने आठ वटा पुल निर्माणाधीन छन्। 

आव २०७३/७४ को असार मसान्तसम्म दुई पुल भने बनिसकेका छन्। पोखराको बसपार्क र रामबजार जोड्ने सेती नदीमाथि बनेका चोर साँघु र शहरीचोकदेखि लेखसाइड जोड्ने फिर्के खोलामाथिको पुल बनी सवारी आवागमन शुरु भइसकेको जिल्ला समन्वय समिति कास्कीका जिल्ला इञ्जिनीयर नारायणप्रसाद बरालले जानकारी दिए। 

कास्कीका कालीखोला, सुरौदी खोला, हर्पन खोला, सार्दीखोला, रामदुवाली, काहुँखोला, इदीखोला र पात्सेखोलाका पुल निर्माणाधीन छन्। इ बरालका अनुसार ती सबै पुल निर्माणका लागि जिससले ठेकेदार सँग झण्डै रु २९ करोडको सम्झौता गरेको छ । रासस 

प्रकाशित: २५ भाद्र २०७४ ०६:५८ आइतबार

कास्कीमा मोटर चल्ने पुल निर्माणाधीन