समाज

खुर्सानीको धुलो घोलेको पानी छ्यापेर लुट्न खोज्ने पक्राउ

खोटाङ – आँखामा खुर्सानीको धुलो मिसिएको पानीले हानेर लुट्न खोजेको आरोपमा खोटाङमा दुई युवक पक्राउ परेका छन्। ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कका सन्तबहादुर तामाङको आँखामा खुर्सानी घुलेको पानीले छेपेर पैसा लुट्न खोजेको आरोपमा ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कका २९ वर्षीय सुरेश तामाङ र ऐसेलुखर्क गाउँपालिका–७ माक्पाका १८ वर्षीय कञ्चन भनिने दिवस राईलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुमाथि भदौ १६ गते सन्तबहादुरको आँखामा खुर्सानीको धुलो घोलेको पानीले छ्यापेर नगद लुटपाट गर्न खोजेको खुलेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी लोकदर्शन थापाले बताए ।

सन्तबहादुरको साथमा नगद २ लाख ३९ हजार ३१० रुपैयाँ रहेको चाल पाएपछि युवकले मिलेर आक्रमण गरेको जनाइएको छ । लुटपाटका लागि आक्रमण सुरु भएपछि उनले कराएर हो–हल्ला गरेपछि युवकद्धय भागेका थिए । घटनाका विषयमा जानकारी आएलगत्तै ईलाका प्रहरी कार्यालय ऐसेलुखर्कबाट खटिएका प्रहरी नायब निरीक्षक नेतृत्वको टोलीले आरोपितलाई पक्राउ गरेको हो । उनीहरुको कोठाबाट अवैधरुपमा लुकाएर राखेको एक नाल भरुवा बन्दुक बरामद गरिएको डिएसपी थापाले बताए। घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २१ भाद्र २०७४ ०८:३३ बुधबार

खुर्सानीको धुलो घोलेको पानी छ्यापेर लुट्न खोज्ने पक्राउ